You are viewing the translated version of बोर्ड मार्फत् विज्ञापन गर्नु पर्ने.
Section 32
बोर्ड मार्फत् विज्ञापन गर्नु पर्ने
(१) नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका निकायले लोक कल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा बोर्ड मार्फत गर्नु पर्नेछ र त्यस्तो विज्ञापन बापतको रकम बोर्ड मार्फत खर्च गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका निकायहरुले कुनै बिज्ञापन वा सूचना तत्काल प्रकाशन गर्नु पर्ने अवस्था भएमा विज्ञापन वा सूचनाको एक प्रति बोर्डलाई उपलब्ध गराई सो बापतको रकम बोर्ड मार्फत् भुक्तानी गर्ने गरी कुनै पनि माध्यमबाट विज्ञापन वा सूचना प्रकाशन गर्न बाधा पर्ने छैन ।